नेपालमा लगभग आधा जनसंख्याले कोरोना खोपको पहिलो डोज लगाए

0

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा लगभग आधा जनसंख्याले कोरोना खोपको पहिलो डोज लगाएका छन्।

नेपालमा १ करोड ५२ लाख ४९ हजार १ सय २९ जनाले पहिलो डोज लगाएका छन्। तथ्यांक अनुसार १ करोड १३ लाख ३६ हजार ५ सय ३८ जनाले पूरा डोज लगाएका छन्। यो कुल जनसंख्याको ३७.३ प्रतिशत हो। 

तथ्यांक अनुसार नेपालमा अहिलेसम्म ३ करोड ९२ लाख ३ हजार ९ सय २७ डोज खोप भित्रिएको छ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here