‘लोक सेवा र रेल्वे कम्पनीको पदाधिकारी हुँ’ भन्दै नक्कली नियुक्ति पत्र दिने युवक पक्राउ

0

नेपाल रेल्वे कम्पनीको नक्कली नियुक्ति पत्र दिई ठगी गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

आफूलाई लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनीको पदाधिकारी भएको भन्दै सर्वसाधारणलाई नक्कली नियुक्तिपत्र दिएर ठगी गरेको आरोपमा मंगलबार ती युवक पक्राउ परेका हुन्।

महोत्तरीको पिपरा गाउँपालिका–७ निवासी ३२ वर्षीय सागरकान्त चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

लोकसेवा आयोग र नेपाल रेल्वे कम्पनीको नक्कली कागजात देखाएर ठगी गरिरहेको सूचनाका आधारमा जनकपुरधाम उपमहानगर ८ सीता प्यालेस होटल अगाडिबाट उनलाई पक्राउ गरेको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताए।- रासस



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here