नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २७ घाइते

0

नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको रात्री बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। २७ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट छुटेको ना ६ ख २७५७ नम्बरको बस गए राति २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर मृत्यु भएकामध्ये तीन जनाको सनाखत भएको छ। आठबिसकोट नगरपालिका रूकुमकी ४ वर्षीया दिब्या शाही, नलगाड नगरपालिका-१० का शेरबहादुर परियार र सप्तरीका ४० वर्षीय गंगाराम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनास्थल जाजरकोट सदरमुकामबाट करीब ११ किलोमिटर पश्चिममा पर्दछ । बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ ।

बस दुर्घटनाको कारण खुलेको छैन ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here