युवतीको सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने लव खड्गी पक्राउ

0

प्रहरीले नाबालिका र युवतीहरुको सामाजिक सञ्जालको माध्यमबाट चरित्रहत्या गर्ने एक जनालाई पक्राउ गरेकोछ ।

पक्राउ पेर्नमा काठमाडौं महानगरपालिका १२ भोटेबहालका २० वर्षीय लव खड्गी रहेका छन् ।उनी ट्याटु कलाकार पनि हुन् । प्रहरीले उनकोमा ट्याटु बनाउन आएकाहरुको पनि नग्न तस्बिर भेट्टाएको छ ।

उनले सामाजिक सञ्जालबाट युवतीहरुलाई साथी बनाएर नग्न तस्वीर र भिडियो पठाउन धम्की दिने गरेको प्रहरीले जनाएको छ । 

एक १५ वर्षिय नाबालिकालाई उनले लामो समयदेखी नै धम्की दिँदै आएका थिए । नग्न तस्बिर नपठाए उनीहरु वीच भएको यौन संबाद ती युवतीको आमा वुवालाई देखाइदिने धम्की दिन्थी । पछी ति युवतीले दर्ता गरेको कम्प्लेनका आधारमा ती युवकलाई पक्राउ गरिएको हो ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here