कपिलवस्तुका एसपी कार्कीले ल्याए ‘एक जवान एक बिस्तारा’ कार्यक्रम

1

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ‘एक जवान एक बिस्तारा’ कार्यक्रम ल्याएको छ ।जागिर खाने बेलामा जिप्रकामा रहेका १७३ प्रहरी जहाँ सरुवा हुन्छ त्यही बिस्तारा लैजाने बाध्यता रहेको थियो ।

कार्यालयले ‘एक जवान एक बिस्तारा’ कार्यक्रम ल्याए पछि यो बाध्यता अन्त्य भएको छ ।हरेका प्रहरीको लागि १ थान म्याट्रिक्स खरिद गरिएको छ । बुधवार कार्यालयका जवान देखि सबै कर्मचारीलाई एक थान म्याट्रिक्स हस्तान्तरण गरिएको छ ।म्याट्रिक्स पाए पछि चिसो मौसममा पनि प्रहरीहरूको आरामसाथ सुत्न पाउने आधारभुत आवस्यकता पुरा भएको छ । यो उनीहरुको अधिकार पनि हो ।

पहिले सुत्ने खाट जहाँ सरुवा भयो त्यही लने बाध्यता थियो तर योपछी धेरै राहत हुने अपेक्षा लिइएको छ ।

कार्यालय प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले म्याट्रिक्स हस्तान्तरण गरेका थिए । यो प्रकारका कार्यक्रम यस अगाडी जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि लागु भएको थियो ।



1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here