आजदेखि ई-पासपोर्ट जारी

0

मेसिन रिडेबल राहदानी (एमआरपी) विस्थापन गरी राहदानी विभागले बुधबारदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दै छ। परराष्ट्रमन्त्री नारायण खड्काले एक समारोहबीच ई–पासपोर्ट सार्वजनिक गर्नेछन्।

ई–पासपोर्टको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ। ई–पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्बिर राखिएको छ। कूटनीतिक, साधारण, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन्। 

ई–पासपोर्ट छिटो र छरितो हिसाबले प्राप्त गर्न सकिन्छ ।यसबाट कसैले पनि पासपोर्टको दुरुपयोग गर्न सक्ने सम्भावना कम हुन्छ ।

विभागले सन् २०२० डिसेम्बरमा फ्रान्सको आईडीईएमआईए आइडेन्टी एन्ड सेक्युरिटी कम्पनीसँग २ अर्ब ४८ करोड रुपैयाँमा सम्झौता गरेको थियो।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here