नेपाली महिला टिम पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दै

0

पहिलो पटक नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ ।  राष्ट्रिय महिला क्रिकेट टिमले  कतारसँग सिरिज खेल्न लागेको हो ।

२०१९ देखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले हिला टिमको टी-२० खेललाई पनि अन्तर्राष्ट्रिय मान्यता दिएको थियो र त्यस यता महिला टिमले पहिलो पटक टी-२० सिरिज खेल्न लागेको हो ।यो नेपालको लागी पनि गौरबको विषय हो ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले तयारी स्वरुप नेपालले कतारसँग तीन खेलको सिरिज खेल्दैछ । सिरिजको पहिलो खेल आज हुँदैछ । नेपालको महिला क्रिकेट टिमले सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा भाग लिएपस्चात नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थिएन ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here