दुर्घटना कम गर्न यी कुरामा ध्यान दिउँ

0
Pic- Twitter

नेपालमा बर्षेनी दशैँ तिहारमा बढी गाडी दुर्घट्ना हुने गर्छ । यो बर्ष पनि यस्ता धेरै घट्ना भए ।

पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दुर्घटनामा परेको छ ।जीपमा सवार काठमाडौँ महानगरपालिका–३ गोंगबु बस्ने १८ वर्षीय जिनलव घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र २७ वर्षीय विनय क्षेत्री रहेको श्रोतले बतायो । घटनामा २० वर्षीया देविका घिसिङको बायाँ हात र नाकमा समान्य चोट लागेको छ।

त्यस्तै मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। २४ जनाको घटनास्थलमै र ८ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको बस दुर्घटनामा परेको थियो। अप्ठ्यारो भिरालो बाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ।

त्यस्तै घान्द्रुक दुर्घटनामा उकालो बाटोमा जीप ‘ब्याक’ भएर दुर्घटनामा परेको हो। यी घट्नाबाट के देखिन्छ भने एक त नेपालको बाटो निकै अफ्ठ्यारो छ र त्यसमाथी धेरै गाडीमा ह्यान्डब्रेक नै हुँदैन र भएपनी धेरै चालक त्यसको प्रयोग नै गर्दैनन् जसले गर्दा गाडी पछाडी बग्छ र यसले दुर्घट्ना हुन्छ । अर्को उनीहरु ट्राफिक नियमको पालना पनि गर्दैनन् । यी साना कुरा हुन तर सरकारले यसमा ध्यान दिनुपर्छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here