सिभिल ग्रुपका अध्यक्ष तथा पूर्व सांसद् इच्छाराज तामाङ पक्राउ

0

सिभिल  गुप्रका अध्यक्ष तथा पूर्व सांसद् इच्छाराज तामाङ प्रक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार उनीसहित एक दर्जन बढीलाई सुन्धारा क्षेत्रबाट प्रक्राउ गरेको हो।

तामाङसहितका व्यक्तिलाई सिभिल सहकारीका निक्षेपकर्ता  ठगी गरेको अभियोग छ। तामाङ संविधान सभामा एमालेका तर्फबाट सभासद पनि थिए।

उनीविरुद्ध ७० जना निक्षेपकर्ताको ४६ करोड बढी ठगी गरेको उजुरी छ । प्रहरीका अनुसार निवेदन आउने क्रम जारी भएको र ठगीको रकम बढ्न सक्ने अनुमान छ । सहकारी अध्यक्ष केशबलाल श्रेष्ठसहित सिभिल सहकारीका पदाधिकारी पक्राउ परेका हुन् ।

इच्छाराजले सर्वसाधारणको ८ अर्ब रुपैयाँ निक्षेप लिएर ७ अर्ब रुपैयाँभन्दा बढी आफैंले कर्जा लिएका छन्।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here