मौलिक कला र संस्कृति झल्कने द कल्चर रिर्सोट

0

चार वर्ष अघि पोखरामा स्थापना भएको मौलिक कला र संस्कृति झल्कने द कल्चर रिर्सोट ६ रोपनी क्षेत्रफलमा फैलिएको छ ।रिसोर्ट मौलिक शैलीका ढुंगा छापेर बनाइएको छ । रिसोर्टमा प्रयोग गरिएका काठ पनि मौलिक शैलीकै छन् । रिसोर्टमा १८ वटा सुविधासम्पन्न मौलिक शैलीका डिलक्स कोठा छन् । सुन्दर गार्डेन रेस्टुरेण्ट, गार्डेन बार, स्विमिङ पुल र स्पा पनि छन् । पार्कीङको राम्रो व्यवस्था र सेमिनारको लागी १०० जना अट्ने ओपन गार्डेनको पनि सुविधा रहेको छ ।

सो रिसोर्टमा ६० जना क्षमताको सेमिनार हल उपलब्ध छ । हाल ६ रोपनी रहेकोमा ८ रोपनी थप गरि विभिन्न संरचना बनाइने रिर्सोटका संचालक प्रकाश कार्कीले जानकारी दिए ।फेवातालको सुन्दर दृष्य, सुन्दर र सफा कोठा र अन्य मनोरञ्जनात्मक गतिविधिका लागि पोखरा आउने पर्यटकहरुले यो रिसोर्टलाई रोज्न सक्छन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here