कर्णालीलाई साक्षर बनाउ

0

कर्णालीका बिकट जिल्ला  साक्षर गराउन मुस्किल देखिएको छ ।आर्थिक वर्ष २०६५/६६ देखि सुरु भएको साक्षरता अभियान अन्तर्गत कर्णालीलाई २ वर्षभित्र साक्षर बनाउने लक्ष्य लिइएको थियो। तर, १३ वर्ष बितिसक्दा पनि यो अभियान सफल हुन सकेन ।

कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोट हालसम्म साक्षर जिल्ला घोषणा हुन सकेका छैनन्।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार १५ देखि ६० वर्ष उमेर समूहका १२ हजार ६ सय ४८ जना नागरिक निरक्षर छन्। 

यो बिकट प्रदेशलाई साक्षर बनाउनु सबैको चुनौती हो र सबैको ध्यान यसमा जाओस् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here