आइसिसी विश्वकप लिग-२ मा अमेरिकामाथि नेपालको शानदार जित

0

ओमानमा सुरु भएको आइसिसी विश्वकप ‘लिग-२’ को त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित  गरेको छ।

शल भुर्तेल र रोहित पौडेलको अर्धशतक मद्दतमा नेपालले अमेरिकामाथि शानदार जित हात पारेको छ ।

अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि ओपनर कुशल भुर्तेल र रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे।

बलिङमा अमेरिकाका निषर्ग पटेल र केन्जिगेले २-२ विकेट लिए। विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् रहेका छन्।नेपाल छ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ। नेपालले सिरिजको दोस्रो खेलमा मंगलबार ओमानसँग खेल्नेछ । 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here