इजरायल जानेको भाषा परीक्षा आजदेखि

0

इजरायलको ‘केयरगिभर’ रोजगारीका लागि भाषा परीक्षा सोमबार हुने भएको छ। भाषा परीक्षाका लागि ११ वटा केन्द्र तोकिएका छन्।

परीक्षाका लागि काठमाडौंमा विभिन्न १६ परीक्षा केन्द्र तोकिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ।

वैदेशिक रोजगारीका लागि नेपाली कामदारको रोजाइमा इजरायल आकर्षक मुलुकमा पर्छ। इजरायलले एक हजार कामदार लैजाने तयारी गरेको छ। तर रोस्टरमा १ हजार ४ सय जनाको सूची राखिनेछ।

विभागका अनुसार परीक्षामा सात हजार ९ जना परीक्षार्थी सहभागी हुनेछन्।

विभागका अनुसार परीक्षा दिउँसो १ बजेदेखि  हुनेछ। परीक्षा समयावधि १ घन्टाको हुनेछ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here