माओवादी अध्यक्ष प्रचण्ड र सुमारबीच भेट

0

नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग परियोजना एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले शुक्रबार बिहान सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छन्।

उपाध्यक्ष सुमार शुक्रबार विहान दाहाल निवास खुमलटार पुगेकी थिइन्। झण्डै एक घण्टा भएको छलफलमा उपाध्यक्ष सुमारले एमसीसी नेपालको हितमा रहेको बताएकी थिइन्। 

उनले अध्यक्ष दाहालसँग एमसीसी अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित नरहेको स्पष्ट पारेकी थिइन्। जवाफमा अध्यक्ष दाहालले सत्ता गठबन्धनको बैठकबाट एमसीसी पास गर्ने वा नगर्नेबारे साझा धारणा बनाउने जानकारी गराएका थिए। 

सअघि सुमारले बिहीबार प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भेटेकी थिइन्।

सुमारले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here