खोलाले कार बगाउँदा दाङमा चार जनाको मृत्यु

0

खोलाले कार बगाउँदा दाङमा चार जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिस्ने खोलामा आएको बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार बगाउँदा घोराही-१३ निवासी ४० वर्षीया रितामाया पुन, ३२ वर्षिया शुसीला श्रेष्ठ, घोराही-१४ निवासी ३१ वर्षीया राधा कुवँर, ४२ वर्षीया यमुना केसीको मृत्यु भएको छ।

कारमा पाँच जना सवार रहेको र चालक गम्भीर घाइते छन्।

शवलाई पोस्टमार्टमका लागि राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here