एमसीसीकी उपाध्यक्ष फातिमा अर्को साता नेपाल आउँदै

0

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमार अर्को साता नेपाल आउँदै छिन्।

उनले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल आउन लागेकी हुन् ।

नेपाल र अमेरिकाकाले २०१७ मा हस्ताक्षर गरेको एमसिसीसम्बन्धी ‘एड मेमोयर’मा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल र एमसिसी तर्फबाट फतिमा सुमारले हस्ताक्षर गरेका थिए। 

सम्झौता नेपालको संसदले पारित गरेपछि मात्र लागु हुनेछ। राजनीतिक खिचातानिका कारण अहिलेसम्म उक्त सम्झौता पास हुन सकेको छैन। 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here