पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु, तीन जना घाइते

0
Symbolic illustration - Agency

अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।

अरू तीन जना घाइते भएका छन्।

प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको हो।

मंगलबार बेलुकी आएको पहिरोमा परेर अन्य तीन जना घाइते भएका छन्। घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।- रासस


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here