उचित निर्णय – महाकवि देवकोटाको घरको भग्नावशेष नहटाउन सर्वोच्चको अन्तरिम आदेश

0

अधिवक्ता सञ्जय अधिकारीले दिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश अनिल कुमार सिन्हा र वमकुमार श्रेष्ठको इजलासले महाकवि लक्ष्मीप्रसाद देवकोटाको भत्काइएको घरको भग्नावशेष नहटाउन अन्तरिम आदेश जारी गरेको छ। इजलासले पुरानै सामान प्रयोग गरेर पुननिर्माण गर्न आदेश दिएको छ।

अधिकारीले महाकवि देवकोटको घरको आधिकारिकता र मौलिकता नविग्रिने गरि पुनिर्माण गर्न परमादेश माग गर्दै रिट दिएका थिए। 

उनको रिटमा भनिएको थियो – ‘प्राविधिक अध्ययन गरेर मात्र थप कार्य गर्न, भत्काउँदा निक्लिएका ईट्टा, माटो, झ्याल, ढोकालगायत सो भवन निर्माण हुँदा प्रयोग भएका वस्तुको संरक्षण गर्न, कविकुञ्जलाई संरक्षणको मान्य सिद्धान्त अनुरूप भत्काउनु अगाडिको स्वरूप, प्रविधि र सामान प्रयोग गरी पुन निर्माण गरी महाकविको घरको आधिकारीक तथा मौलिकता नमासिने गरी पुरातत्व विभागसँग समन्वयन गरी कार्य गर्नु गराउनु परमादेशलगायत जो चाहिने आज्ञा आदेश जारी गरि पाउँ,’

वास्ताबमा यो उचित आदेश सही समयमा जारी भएको छ किनभने यस्ता मौलिक र पुरातात्विक महत्व बोकेका हाम्रा सम्पती भात्काउदा हाम्रो पहिचान नै गुम्ने डर हुन्छ र हामीले यसको रक्षा सही समयमा गर्नुपर्छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here