नेपालले भारतबाट आयात गर्ने विद्युतको तुलनामा दोब्बर विद्युत भारत

0

सम्भवत पहिलोपटक नै होला नेपाल विद्युत प्राधिकरणले भारतबाट आयात गर्ने विद्युतको तुलनामा दोब्बर विद्युत भारत निर्यात गरेको छ।

विद्युत प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार नेपालले भारतबाट किन्नेभन्दा भारतलाई बिक्री गर्ने बिजुली २४३% बढी भएको देखाउँछ।यसअघि नेपालले भारतबाट दैनिक करिब एक करोड ८३ लाख युनिटसम्म विद्‍युत आयात गरेको थियो।

तथ्यांक अनुसार तीन लाख ६३ हजार युनिट आयात हुँदा सात लाख १५ हजार युनिट निर्यात भएको छ।अहिले लगातार दैनिक पाँचदेखि सात लाख युनिटसम्म विद्युत भारतमा निर्यात भइरहेको छ।

यहिक्रम रहिरहने हो भने बिजुली निर्यात गरेर नेपालले धेरै लाभ लिन सक्छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here