अफगानिस्तानबाट फर्किएकालाई सरकारले पोलियो खोप लगाउने

0

सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप लगाउने भएको छ।स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले अफगानिस्तानमा फैलिएको पोलियो सङ्क्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने निर्णय गरिएको बताए।

पोलियो खोप नजिकै खोप केन्द्रमा गई लगाउनसमेत अनुरोध गरिएको छ।

पोलियो खोप लगाउनसमेत सुरु गरिसकिएको उनले बताए। 

अफगानिस्तान तालिवानले कब्जामा लिएपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किएका थिए। उनीहरुलाई सरकारले दुई चरणमा स्वदेश ल्याएको थियो।- रासस



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here