उखु किसानको रकम तत्काल भुक्तानी गर्न माग

0

किसान संगठनहरूले तत्काल उखु किसानको रकम भुक्तानी गर्न सरकारसङ्ग आग्रह गरेका छन्। छवटा विभिन्न किसान सङ्गठनले आफैँले लगाएको बालीको भुक्तानीका लागि आन्दोलन नै गर्नुपर्ने अवस्थाको अन्त्यका लागि सरकारको ध्यानकर्षण गराएका हुन्। 

चिनी मिल तथा अन्य व्यापारीलाई बिक्री गरिसकेपछि पनि वर्षौंदेखि आफूले पाउनुपर्ने रकम प्राप्त गर्न नसक्नु किसानका लागि पिडादायक कुरा भएको भ न्दै त्यसको अन्त्यको माग गरेका छन् ।

यस अघी सरकारसँग सम्झौता गर्दै गर्दा सर्लाहीका केहि उखु किसानका आखाँमा खुशीका आँशुले भरिएका थिए तर फेरी ति आशुँ सुक्न नपाउँदै उनीहरुको त्यो आश खिन्न भएको छ । केहि समय अघी राजधानीमा भएको किसान आन्दोलनले बिशाल समर्थन पाएपछि यसलाई थप बुलन्द हुनबाट रोक्न सरकारले माघ ७ भित्र सम्पूर्ण रकम भुक्तानीको व्यवस्था गर्न पाँचबुँदे सहमति गरेको थियो ।

यस परिस्थितिमा सरकारले थप कडाइका साथ व्यवसायीलाई तिर्न अनुरोध गर्नुपर्छ । किसानको मिहेनतको फल उनीहरुले पाउनैपर्छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here