पार्टी विभाजनलाई सहज बनाउन अध्यादेश ल्याउने सरकारको निर्णय

0

सरकारले पार्टी विभाजनलाई सहज बनाउन कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ।

संसदीय दल र केन्द्रीय कमिटी दुबैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान रहेकोमा पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा २० प्रतिशत भए पुग्‍ने व्यवस्था गर्न अध्यादेश ल्याउन लागिएको हो।

एमाले र जसपाभित्र विवाद चर्किरहेको बेला र माधव पक्षका नेताहरु पनि चिडिएको बेला सरकारले अध्यादेश ल्याउने गरेको निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते मन्त्रिपरिषद् बैठकमा दल विभाजन पार्ने अध्यादेश पेस गरेका थिए।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here