बन्जीजम्प गर्ने क्रममा युवतीको मृत्यु

0

कोलम्बियामा मिस्कम्युनिकेसन हुँदा बन्जी जम्प गर्ने क्रममा एक युवतीको ज्यान गएको छ । 

समाचार एजेन्सीहरुका अनुसार उत्तरी कोलम्बियाको एन्टिओक्विया प्रान्तको अमागामामा आफ्नो प्रेमीका साथमा बन्जी जम्प गर्न गएकी २५ वर्षीया येसेनिया मोरालेस नामकी युवती प्रशिक्षकको एक गलत इशाराबाट भ्रमित उनले हतारमै हाम्फालेकी थिइन् ।

नी करिब १५० फिट तल खसेको र घटनास्थलमै मृत्यु भएको जनाइएको छ । तत्कालै उद्धारकर्मीहरु घटनास्थलमा पुगे पनि युवतीको हावामै मृत्यु भइसकेको बताइएको छ ।

मेडिकल रिपोर्टका अनुसार खसेकै कारण नभएर हृदयघातका कारण उनको मृत्यु भएको पुष्टि भएको छ ।सायद उनी धेरै आत्तिएर उक्त घट्ना भएको हुन सक्छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here