सुजिता भण्डारी मृत्युको कारण अझै खुल्न सकेन

0

चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको सम्बन्धमा यसको कारण अझ खुल्न सकेको छैन ।

ब्रह्मास्थान सामुदायिक वनको भिरको खोल्सोमा असार २० गते सुजिताको शव भेटिएको थियो। भिसेरा परीक्षण रिपोर्ट भने अझै आइपुगेको छैन।  रिपोर्ट नआउँदा मृत्युको कारण खुल्न ढिलाइ भएको हो ।

सुजिता असार ११ गते बिहानबाट हराएकी थिइन्।बिहान घरबाट निस्किएकी उनी खाना खाने बेला पनि आएकी थिइनन् । दिउँसो अपहरित भएको भन्दै फोन आएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

पोष्टमार्टबाट मृत्युको कारण नखुलेपछि सुजिताले विष सेवन गरेको हुनसक्ने आशंका गरिएको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here