प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

0

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्‍मा विश्वासको मत पाएका छन् ।

असार २८ गतेको सर्वोच्च अदालतको आदेश अनुसार असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति देउवाको पक्षमा १६५ मत आएको छ। देउवाको विपक्षमा ८३ सांसदले हस्ताक्षर गरेका छन् । मतदानमा सहभागी २४९ सांसदमध्ये देउवाको पक्षमा १६५ मत खसेको हो भने   विपक्षमा ८३ जनाले हस्ताक्षर गरेका हुन् । सहभागीमध्ये एक सांसदले मत दिएनन् । 

प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार कांग्रेसका सभापति देउवाले विश्वासको मत लिएका हुन्। देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेका केही सांसदले मत दिएका हुन्।एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदले पनि देउवालाई विश्वासको मत दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here