बलिउड सेलिब्रेटीहरु जसले पालेका छन् महंगा घरपालुवा जनावर

0

बलिउड सेलिब्रेटीहरु सधै महंगो तथा लग्जरी लाइफस्टाइलको कुराले चर्चामा रहन्छन् । बलिउड सेलिब्रेटीहरु आफ्नो लाइफस्टाइलको साथै घरमा पालेको जनावरहरुमा पनि राम्रो खर्च गर्छन् । आज हामी सेलिब्रेटिहरुले किन घरपालुवा जनावरमा धेरै खर्च गर्छन् भन्ने विषयमा कुरा गर्छौ ।

अमिताभ बच्चन
बलिउडका महानायक अमिताभ बच्चनले धेरै वर्ष अघि शानौकलाई आफ्नो परिवारको सदस्य बनाएका थिए । उनी आफ्नो कुकुरको धेरै नजिक थिए जुन एक ग्रेड डेन प्रजातीको कुकुर थियो । त्यो कुकरलाई अनिताभले सन् २००६ मा किनेका थिए र त्यसको निधन २०१३ मा भएको थियो । त्यो कुकुरलाई करीब ५० हजार देखि १ लाख सम्म पर्न आउथ्यो ।

सलमान खान
बलिउडका चर्चित अभिनेता सलमान खानसँग दुईवटा फ्रेन्च मास्टिफ कुकुर थियो जस्को नाम मायसन र मायजान थियो । दुवैको मृत्यु पछि, उनीहरूको मूर्ति पनि महबूब स्टुडियोको नजीक बनेको छ । दुवै कुकुरको मुल्य ६३ हजार थियो । इनिहरुको साथसाथै सलमान खानसँग एक सेन्ट बर्नार्ड पनि छ जसको नाम सेंट हो । यो कुकुरको मुल्य ९० हजार हो । यो घरपालुवा जनावरहरुको रेखदेख गर्न सलमानले हरेक महिना लगभग ५० हजार खर्च गर्छन् ।

शाहरुख खान
बलीउडका बादशाह शाहरुख खानलाई पनि कुकुरको सौख रहेको छ । शाहरुखसँग डैश नामको एउटा कुकुर थियो,जसको निधन सन् २०१५ मा भएको थियो । त्यो कुकुरको मुल्य ४० देखि ८० हजार पर्छ । अहिले शाहरुखसँग एउटा लैब्रोडर र दुईवटा माल्टिन कुकरहरु छन् । आफ्नो कुकुरहरुको लागी उनले महिनामा करिब ३० हजार खर्च गर्छन् ।

जैकलीन फर्नान्डिज
बलिउड अभिनेत्री जैकलिन इन्डस्ट्रीकी सबै भन्दा बढि एनिमल लवरमा पर्छिन् । उनीसँग श्रीलंकको घरमा ७ वटा कुकुर, दुई बिरालो र ५ माछा टैंक छ । जैकलीनसँग भएको सबै घरपालुवा जनावरको तथा माछाको मुल्य लगभग २ लाख हो । उनले हरेक महिना घरपालुवा जनावरको लागी ५० देखि ६० हजार खर्च गर्छिन् ।

शिल्पा शेट्टी
बलिउड अभिनेत्री शिल्पा शेट्टी पनि जनावरहरुको शौखीन भित्र पर्छिन् । उनीसँग एउटा क्युट कुकुर छ जसको नाम शैंपेन हो । यो कुकुरको साथै शिल्पासँग दुईवटा पर्शियन बिरालो छ । ति बिरालोहरुको मुल्य ४० हजार हो । शिल्पा हरेक महिना घरपालुवाको लागी  धेरै पैसा खर्च गर्छिन् ।

प्रियंका चोपडा
अभिनेत्री प्रियंका चोपडाले सन् २०२० मा पांडा नामको एउटा क्युट कुकुर पालेकी थिइन् । यो कुकुर प्रियंकाले आफ्नो पति निक जोनलाई गिफ्ट गरेकी छिन् । यो एउटा रेस्क्यू डग हो । यसको साथै प्रियंकासँग डायना नामको कुकुर छ जसको इंस्टाग्राममा एक लाख भन्दा धेरै फलोअरहरु छन् । उनले डाइनालाई महंगो र डिजनइनर कपडा लगाई दिन्छिन्, जसले गर्दा धेरै डायनाका फ्यानहरु छन् । केहि दिन अघि डायनाको फोटो सोशल मिडियामा धेरै भाइरल भएको थियो । जसमा कुकुरले ३५ हजारको ज्याकेट लगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here