एक झुठो समाचार: दक्षिण अफ्रिकाकी महिलाले एकै पटकमा १० बच्चा जन्माइन्

0

केहि समय अघी दक्षिण अफ्रिकामा एक जना महिलाले एकै पटकमा १० वटा बच्चा जन्माएको समाचार इन्टरनेट डार्लिङ नै भएको थियो तर त्यो झुटो प्रमाणित भएको छ ।

जुन पहिलो साता दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले ३६ वर्षीया गोसियामी थामारा सितहोलले सात छोरा र तीन छोरीलाई जन्म दिएको समाचार प्रकाशन गरेका थिए।

गाउटेङ प्रान्तको सामाजिक विकास विभागले पनि ती महिलाले १० सन्तान पाएको समाचार पुष्टी गरेको थियो। 

तर अनुसन्धानबाट ती महिला केही समयअघि गर्भवती पनि नरहेको र उनको शरिरमा शल्यक्रियाबाट बच्चा जन्माएको कुनै खत पनि नदेखिएको खुलेसङ्गै यो सबै झुठो प्रमाणित भएको छ ।

बिबिसीका अनुसार अनुसन्धान गर्दा कुनै पनि अस्पतालमा एउटै महिलाले १० बच्चा जन्माएको रेकर्ड भेटिएन।थुप्रै बिदेशी मेडियाले पनि यसलाई प्राथमिकताका साथ प्रस्तुत गरेका थिए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here