नेपाल प्रहरीका ५२ एसपीको सरुवा, पोखरामा रमेश थापा, कपिलवस्तुमा दानबहादुर कार्की

0

प्रहरी प्रधान कार्यालयले ५२ जना प्रहरी उपरीक्षकको सरूवा गरेको छ।प्रहरी प्रधान कार्यालयका अनुसार असार महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो ।

मंगलबार प्रधान कार्यालयले एक वर्ष कार्यअवधि पुगेका जिल्लाहरूमा प्रहरी प्रमुख परिवर्तन गरेको हो।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका रमेश थापाको कास्की सरूवा भएको छ। थापा नेपाल प्रहरीकाे अब्बल अधिकृतमा गनिन्छन । अझै अपराध अनुसन्धानमा उच्च दख्खल भएका थापाले प्रहरी संगठनभित्र स्वच्छ छवी भएकाे प्रहरी अधिकृतकाे छवी बनाएका छन ।

दानबहादुर कार्की प्रहरी प्रधान कार्यालयबाट  कपिलवस्तु सरुवा भएको छ । उनी एक अब्बल प्रहरी अधिकृतको रुपमा परिचित छन् । त्यस्तै भक्तपुरमा राम्रो काम गरेकी एसपी तारादेवी थापाको यु एन महासाखामा सरुवा भएको छ । त्यस्तै तनहुँमा अब्बल काम गरेका अरुण पौडेलको गण्डकी प्रदेश कार्यलयमा भएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here