नेपालको नयाँ नक्साबारे भारतले भन्यो – ‘हामी मान्दैनौं’

0

नेपालले बुधबार लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको थियो तर यसप्रति छिमेकी भारतले कडा आपत्ती प्रकट गरेको छ ।

‘नेपालको यो कदम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन। यो दुई  देशबीचको सीमा विवाद वार्ताका माध्यमबाट समाधान गर्ने समझदारीको विरूद्ध छ,’ यस्तो बनावटी रूपमा गरिएको भू-भाग बढोत्तरीको दाबी भारतलाई मान्य छैन।’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले वुधबार नियमित पत्रकार सम्मेलनमा भने ।

उनले नेपाल सरकारलाई नक्सा जारी गर्ने कदम रोक्न र भारतको सम्प्रभुता र अखण्डताको सम्मान गर्न आग्रह गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here