कालीमाटीका दुई प्रहरीमा कोरोना पुष्टि, संक्रमण देखिएपछि प्रहरीका ६ इकाइ सिल

0

पाल प्रहरीका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएपछि प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।कालीमाटीका एक जना सई र जवानमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको हो ।मातहतको बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको छ ।

संक्रमित बस्ने व्यारेकमा दुई सय १४ जना प्रहरी बस्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here