साउदी अरेबियामा ६ सय ७४ नेपालीलाई कोरोनाको सङ्क्रमण

0
127

यतिबेला कोरोनाले सम्पूर्ण विश्व आक्रान्त छ । नेपालमा पनि यसले प्रभाव पार्न शुरु गरिसकेको छ ।

कामका लागी बिदेश गएका नेपालीमा पनि यसको सँक्रमण देखिन शुरु गरेको छ । साउदी अरेबियामा ६ सय ७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले जनाएको छ ।

साउदीको पूर्वी क्षेत्रमा ३ सय ३६, पश्चिम क्षेत्रमा १ सय ४८, रियादमा क्षेत्रमा १ सय ७५, कसिम र हायल क्षेत्रमा तीन-तीन तथा अन्य स्थानमा ९ नेपालीमा सङ्क्रमण पाइएको जनाइएको छ ।

सङ्क्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here