बाँकेमा थप ७ जनामा कोरोना पुष्टि

0

नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस अघी नेपालगन्जमा एकैदिन १५ जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण देखिएपछि संक्रमितको संख्या ७५ पुगेको थियो । ।

सुरुमा ९ जना र बेलुका थप ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितकाे उमेर ७ वर्षदेखि ६० वर्षसम्मकाे छ।

यसअघि नेपालगञ्ज उपमहानगर वडा नम्बर ८ का एक ६० वर्षीय पुरूषमा कोरोनाभाइरस पोजेटिभ देखिएको थियो।

अहिलेसम्म संक्रमित मध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।कोरोनाका कारण अहिलेसम्म नेपालमा कसैले पनि ज्यान गुमाउनु परेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here