सङ्कटमा राहत

0

बिगत चैत्र 23, 2076 बाट हाम्रो खाना खुवाउने अभियान सुरु गरेका थियौ |

जोरपाटी, सुन्दरटोलबाट संजय परियार र बिजु साहीको व्यक्तिगत खर्चमा 7, 8 जनालाई मोटरसाइकल राखी बाड्न सुरु गरिएको थियो | पछि टोलका सबै युवाहरू, अभिभावकहरूको साथले गर्दा आहिले आएर हामी बिहान र बेलुका गरि लगभग 800/900 जना लाई सेवा गर्दै आएका छौ| टोलबाट सुरु गरिएको अभियानमा आहिले आएर जोरपाटीको धेरैको व्यक्ति र स्थानीयनिकायको पनि सहयोग र साथले सफल हुदै गएको छ |

खाना पकाउने देखि बाड्ने काम सम्म सबै काममा व्यक्तिगत सुरक्षालाई ध्यान दिएको छ| थर्मल गनबाट खाना लिन आउनेको जाचपनि गर्ने कामहुनका साथै निश्चित दुरीमा मानिसहरूलाई लाइनमा राख्ने गरिएको छ | यस कार्यमा निरन्तर सहयोग र साथ दिएर सुन्दरटोल जागृत लाई मद्दत गर्नु हुने आदरणीय दाईहरू दिपक लामा, सेखर सुबेदी, सुदान मल्ल, लाल बहादुर लामा, गोकर्नेश्वोर वार्ड नम्बर पाँचका अधक्ष्य :नारायण सुबेदी लगायत सम्पूर्ण टोल बासी आमाहरु लाई धन्यवाद गर्न चाहन्छौ

,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here