फ्रान्सबाट नेपाल आएकी विद्यार्थीमा देखियो कोरोना भाइरस

0

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक विद्यार्थीमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमबार  आकस्मिक  पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिए।   चैत ४ गते नेपाल आएका ती व्यक्तिको रिपोर्ट हिजो आएको  जानकारी दिए। 

‘उनको परिवारलाई क्वारेन्टाइनमा राखेका छौं र उनी सँगै जहाजमा आएका अन्य मानिस कहाँ-कहाँ छन्? भनेर खोजी गर्दैछौं’, मन्त्री ढकालले भने।

उनी फर्किएपछी उनलाई क्वारेन्टाइनमा राखिएको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण देखिएको  मन्त्री ढकालले जानकारी दिए।

नेपाल कोरोना भाइरसको पुष्टि भएको यो दोस्रो घट्ना हो। पहिले चीनको वुहानबाट फर्किएका एक नेपालीलाई पनि कोरोना देखिएको थियो।

अव सरकारले थप संक्रमण फैलिन नदिन सावजनिक सवारीलाई रोक लगाइ लकडाउन गर्दा राम्रो हुन्छ ।

,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here