एउटा झुट : कोरोनाबाट बच्न रुसी राष्ट्रपति पुटिनले बाघ र सिंहलाई सडकमा खुल्ला छोडे

0
385

कोरोना भाइरसको महामारी विश्वभरी फैलिरहेको बेलामा झुटा र भ्रामक समाचारले पनि त्यो वेग समातेको देखिन्छ । मानिसलाई भ्रममा पार्न सामाजिक सन्जालामा अनेक भ्रामक समाचारहरु तिब्ररुपमा फैलाईएको छ ।

त्यस्तै एउटा भ्रामक समाचार हो रुसको जहाँ कोरोना संक्रमणबाट बच्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले करिब ८ सय बाघ र सिंहलाई सडकमा खुल्ला छोडेको भन्ने समाचार फैलाईएको छ । अचम्म त के भने यसलाई धेरै मानिसले प्रतिकृया दिएका छन् ।

उक्त फोटो अर्कै प्रायोजनको लागी खिचिएको थियो तर यसलाई कोरोना भाइरससङ्ग जोडेर भ्रम सृजना गर्न खोजियो ।

वाइल घोनिम भन्छन्, ‘सामाजिक सञ्जालले गलत सूचना, अफवाह र घृणाको भाषा फैलाउँदै समाजलाई झनै धु्रवीकृत बनायो। वातावरण विषाक्त पा¥यो। अनलाइन संसार ट्रोल, झूट र घृणाले भरिएको रणभूमि बन्यो।’ फेसबुकमा छाउने अनेक किसिमका अनलाइन समाचारले मानिसमा झूटको खेती ग¥यो। लाइक र कमेन्टको संख्या बढाउन मानिस अनेक किसिमका गलत सूचना प्रवाह गर्न बढी उद्यत् भए।

सामाजिक सञ्जाल आफैंमा नराम्रो होइन, तर हामीले यसको गलत प्रयोग गरिरहेका छौं। हामीले आफ्नो प्रचारप्रसार गर्न वा झूट अफवाह फैलाउन प्रयोग गर्नुभन्दा पनि केही राम्रा कामका लागि प्रयोग गरे फाइदाजनक हुनेथ्यो। वास्तवमा यो उत्कृष्ट आविष्कार हो। सोच्नुस् न मानिसको औंलाको टुप्पाले हाम्रा साथीहरू भेटिन्छन्, विश्वको खबर राख्न सकिन्छ। तर हामी यी आविष्कारका दास बन्दैछौं, जुन विल्कुल गलत हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here