इटालीमा एकैदिन ७९३ जनाको मृत्यु

0
PIC - AGENCY/GOOGLE

 चीनपछिको कोरोनाको दोश्रो इपिसेन्टर मानिएको इटलीमा स्थिति झनै भयावह बनेको छ । शनिबार मात्रै त्यहाँ थप ७९३ जनाको मृत्यु भैसकेको छ र यो अहिलेसम्मको नै उच्च हो ।

इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ । इटालीले आफ्नो अति प्रभावित लोम्बर्डी क्षेत्रमा थप कडा नियमको घोषणा गरेको छ। लोम्बर्डीमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३ हजार ९५ जनाले आफ्नो ज्यान गुमाइसकेका छन् ।

इटालीका जनतालाई यस्तो आपत पर्दा पनि युरोपियन उनियनमा आवद्ध देश हरुले इटालीलाई सहयोग नगर्नु निकै दुखद पक्ष हो । यो शुन्यतालाई चिनले चिरेको छ र आफ्नो सहयोगका हातहरु अघी बढाइरहेको छ ।

यसले गर्दा युनियनको सार्थकतामा नै प्रश्न चिन्ह खडा भएको छ । युनियनको उद्द्यस्य आर्थिक लेनदेनका साथसाथै एक आपसलाई बिपद का बेला सहयोग गर्नु हो । केहि साल पहिला स्वेडेनमा आगलागी हुँदा युनियनका सहयात्रीहरुले बिभिन्न इयार क्राफ्ट र अन्य सामाग्री उपलब्ध गराएर उसलाई त्यो कठिन घडीमा साथ र सहयोग उपलब्ध गराएका थिए । तर अहिले त्यो एकता इटालीको मामलामा देखिदैन । यसले भविष्यमा यो युनियनको सार्थकता मा नै प्रश्न चिन्ह उब्जाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here