चितवनमा ७२ घण्टाभित्रै अस्पताल तयार

0
PIC - GOOGLE

हामीले चिनले केहि दिन र केहि घन्टामै ठुला अस्पताल बनाएको खबर सुनिन्छ । अब त्यस्तो खबर नेपालका लागी पनि नौलो भने भएन । चितवनमा ७२ घण्टाभित्र ७० शैयाको ‘कोरोना विशेष अस्थायी अस्पताल’ निर्माण भएको छ ।

भरतपुर महानगरपालिका-१० स्थित प्रदर्शनी केन्द्रको तीन वटा भवनमा अस्पताल निर्माण गरिएको हो। अस्पतालमा ५० वटा जनरल, १० वटा आइसियू र १० वटा एचडियू बेड छन्।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक र सर्वसाधरणको टोलीले उक्त अस्पताल तयार पारेको हो ।

अस्पतालको सञ्चालनको जिम्मा भने भरतपुर महानगरपालिकाले लिनेछ। कोरोना भाइरसको प्रकोप यहाँ फैलिन नदिन सरकारले पनि अनेक उपायहरु अप्नाउँदै आएको छ ।

,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here