चीन वुहानमा कोरोना भाइरसको संक्रमण शून्यमा झार्न सफल

0
188
PIC - Nytimes

 चीनले कोरोना भाइरसको इपिसेन्टर वुहानमा संक्रमण शून्यमा झार्न सफल भएको छ ।

हुवेई  प्रान्तको स्वास्थ्य विभागलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले वुहानका कसैमा पनि बुधबार कोरोनाको संक्रमण नदेखिएको जानकारी दिएको छ ।

मंगलबार १३ को ज्यान गएकोमा बुधबार भने यो शुन्यमा झरेको हो । चीनमा  कोरोनाका कारण ३ हजार २ सय ३७ को ज्यान गएको छ । चीनबाहेक यो कोरोनाले इटाली , इराकजस्ता देश हरुलाई धौ धौ पारेको छ । चीनले भने यो नियन्त्रण रोक्न सफलता हात पार्दै आएको छ ।

अहिलेसम्म अमेरिकामा १४० र इटालीमा २५०० भन्दा माथी मानिसको मृत्यु भैसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here