कोरोनाभाइरस फैलिन नदिन हामीले यसो गर्न सक्छौँ

0
206

विश्व स्वास्थ्य संगठनले नेपाल पनि  कोरोनाभाइरस  (कोविड —९)को संक्रमणको उच्च जोखिममा रहेको भन्दै सचेत गराएको छ ।यो रोगलाई सङ्गठनले महामारीको सङ्घा दिसकेको छ । अहिलेसम्म यो रोगले गर्दा ५ हजारभन्दा भढी मानिसको ज्यान लिसकेको छ ।

यस परिपक्षमा नेपाल पनि यदी यो भाइरस फैलिनुपुर्व नै साबधान हुनुपर्छ । तर यहाँ यो रोगभन्दा बढी यो लाग्छ कि अथवा यो नेपालमा पनि फैलिने हो कि भन्ने डर धेरैमा छ । मानिसले खानेकुराको हाहाकार हुन्छ भन्ने डरले अत्यावश्यक वस्तुहरु घर घरमा राख्न पनि थालेको अवस्था छ । अहिले हामीमा उत्पन्न भएको डर र त्रास वास्तविकताभन्दा कोशौँ टादा छ ।

हामी सचेत हुनुको कारण पनि छ । कोरोनाभाइरस एउटा अकल्पनिय र अनिस्चित खतरा हो । यसले हाम्रो ध्यान खिच्नु स्वभाविक पनि हो किनभने परापुर्व कालदेखी नै हामी कुनै नयाँ खतरालाई एकदम बिहङ्गम प्रतिकृया दिने गर्छौँ । आखिर अपरिचितलाई केहि नगर्नुभन्दा केहि प्रतिकृया जनाउनु नै राम्रो हुन्छ ।

अहिलेसम्म यो नेपालमा फैलेको छैन र नफैलियोस् पनि भन्ने आशा गरौँ । यदी यो रोग १,२ जनामा देखा परिहाले तुरुन्त उसलाई आइसोलेशनमा राखी हाल्नुपर्छ र उनीसङ्गा जो जो सम्पर्कमा आएका छन् , ति सबलाई पहिचान गरी तुरुन्त आइशोलेशनमा राखी हाल्नुपर्छ । परिवारसङ्ग टाढै राख्नुपर्छ किनकी यसले झन परिवारका सबै सदश्यलाई सार्ने डर हुन्छ ।

त्यो रोग देखेको क्षेत्रलाई नै लकडाउन गर्न सकिन्छ र त्यहाँका मानिसलाई अन्त जान कडाइका साथ प्रतिवन्ध लगाउन सकिन्छ । चिनमा जस्तो छिमेकिलाई ति मानिसको कडा निगरानी गर्न प्रोत्साहन गर्न सकिन्छ । सही सुचना दिन मोबाइल एपहरुको पनि प्रयोग गर्न सकिन्छ ।

भाइरसको फैलिन सक्ने त्यो बाँधलाई टुटाउने पाए र त्यो रिदमलाई भात्काउन पाए यो रोग फैलिन सक्ने थिएन । आशा गरौँ यो शङ्कटबाट हामी चाडैँ नै उन्मुक्ती पाउनेछौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here