इतिहासका पानाको रोचक बिद्रोह – खम्पा बिद्रोह

0
531
Pic - Aljazeera

इतिहासका पानालाई फेरी कोट्याएर पल्टाउने हो भने खम्पा बिद्रोहीहरुको रोचक रौनक पाइन्छ । एतिहासिक र एउटा छुट्टै पहिचान बोकेका दृढ र एक किसिमको भय पैदा गर्ने सक्ने योद्धाहरु जसले नेपाल को मुस्ताङलाई आफ्नो आधारशिला बनाएका थिए, उनीहरुलाई नै खम्पा बिद्रोही भनेर चिनिन्छ ।

खाम बिद्रोहीहरु जसलाई बुद्धका बिद्रोहीहरु भनेर पनि चिनिन्थ्यो उनीहरुको प्रमुख उदेश्य भनेकै जब चिनले तिब्बतको पस्चीमि क्षेत्र सन् २०५० मा आक्रमण गर्‍यो तब तिब्बतको जिवनशैलीको रक्षा र संरक्षण गर्नु नै हो ।

चिनसङ्ग एक असहज सम्झौता गरेपछी दलाई लामा सन् १९५९मा भारततिर भागे । यसको खम्पा बिद्रोहीहरुले प्रतिकार गरे र चिनको सेनासङ्ग लड्न योजनाहरु बुन्न लागे । सिआइएको सहयोगमा उनीहरुले चिनको सेनामाथी एक किसिमको रेड नै गरे । सुरुवाती चरनका बिद्रोहीहरुलाई अमेरिका उडाइएको थियो र उनीहरुलाई कोलोराडोको क्याम्प ह्यालामा प्रशिक्षण प्रदान गरिएको थियो ।

सिआइएको साहयता सन् १९७० को शुरुवाती दिनसम्म प्राप्त थियो । चिनको दबाबमा आएर खम्पा बिद्रोहीहरुलाई गल्याउन र आत्मसमर्पन गराउन नेपाल ले आफ्नो सैनिक दस्ता नै परिचालन गरेको थियो । रगतको खोला बग्ने डरले दलाई लामाले उनीहरुलाई हातीयारसँगको नाता त्याग्न र आत्मसमर्पन गर्न आग्रह गरे । उनको आग्रह सहितको आदेशको पालना गर्दै धेरैले त्यो शिरोपर गरे र कत्तिले आत्मसमार्पनलाई कायारताको ओझेलरुप सम्झेर आत्महत्याको बाटो रोझे ।

सन् १९७४ मा जनरल वाङ्दुको मृत्युसँगइ यो बिद्रोहले किनार पाएर टुङिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here