टेबलमै चढेर सलामी !

0
170
Pic - google

हामीले जना प्रती निधिले बेला बेला पिर्के सलामी लिएको त देखेका छौं । बाग्लुङको जैमिनी नगरपालिकामा  मेयर इन्द्रराज पौडेलले टेबलमा उभेर सलामी खाएका छन् । प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०७६ को उद्घाटन समारोह शनिबार थियो र समारोहका प्रमुख अतिथि थिए मेयर इन्द्रराज पौडेल।

जिल्लाबाट आमन्त्रित खेल रेफ्री र प्रशिक्षकले खेलाडीलाई जमिनमा टेकेर सलामी फर्काउन नमिल्ने कुरा राखे। मेयर इन्द्रराज पौडेलले एक समाचार श्रोतलाई जानकारी दिए अनुसार सुरुमा त उनले भुँइमै एउटा कपडा बिछ्याएर गरौं भने तर फेरि उहाँहरुले अलिक उचाइमै चढ्नुपर्छ भनेपछि उनी टेबलमा चढेका थिए ।

आखिर हाम्रा नेताहरु यस्तो देख्दै असहज लाग्ने सलामी किन लिन्छन ? लिनै परे पनि अरु सरह लिए भैहाल्यो त । आखिर नेता ठुलो हुने कामले हो उचाइले होइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here