बिग मुभ : तीन पूर्वमन्त्रीसहित १७५ विरुद्ध भ्रष्टाचार मुद्दा

0
140

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको भन्दै सम्भवत पहिलोचोटी नै ठुला माछा र ठुलो कदम चालेको छ । सार्वजनिक जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित चार पूर्वमन्त्री, आयोगका पूर्वप्रमुख र २ जना पूर्वसचिवसहित १७५ जनालाई भ्रष्टाचार मुद्दा चलाएको छ।

उनीहरूविरुद्ध बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । सरकारी जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लाग्ने पूर्वमन्त्रीहरूमा गच्छदार, छविराज पन्त, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी छन्।  गच्छदार र श्रेष्ठलाई ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ विगो तोकेको छ । त्यस्तै, पूर्वमन्त्री जोशीसँग ७ करोड ८ लाख ४८ हजार विगो माग गरिएको छ ।

त्यस्तै व्यवसायी र भाटभटिनिका मालिक मीनबहादुर गुरुङमाथी पनि मुद्दा चलेको छ । बालुवाटार जग्गा आफ्नै नाममा ल्याउन नक्कली मोही खडा गरेको आरोप उनीमाथि छ। अख्तियारले आफ्नै पूर्वप्रमुख दीप बस्न्यातलाई पनि भ्रष्टाचार मुद्दा लगाएको छ। उनलाई तत्कालीन भौतिक पूर्वाधार सचिव रहदाको हैसियतमा मुद्दा चलाएको हो।

पूर्वसचिवहरू छविराज पन्त र दिनेशहरि अधिकारी, भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकद्धय रुद्रकुमार श्रेष्ठ र मुकुन्दप्रसाद आचार्य, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक अशोकनाथ उप्रेती, गुठी प्रशासक सेमन्त चापागाई, बलिरामप्रसाद तेली, कामु प्रशासक दिलीपकुमार भट्टविरुद्ध मुद्दा दायर गरिएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको यो बिग वा ठुलो कदम निकै सराहनिय छ । दिन प्रतिदिन भ्रष्ट्रचार मौलाईरहेको बेलामा यस्ता कदमले उचित प्रतिफल दिने निस्चय नै छ । सधै अदुअआले ठुलो माछा समातेन भन्ने गुनसो आउने गर्थ्यो तर यो मुभले राम्रो सन्देश प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here