विमानसँग विवाह गर्दै एक महिला

0

सुन्दा पनि अचम्म लाग्न सक्छ तर जर्मनीको बर्लिनमा बस्ने ३० वर्षकी एक महिला मिहेल कोबकेले मार्च २०२० मा विमान ७३७–८०० सँग विवाह गर्ने निर्णय गरेकी छन् ।

विवाह नेदरल्याण्डको आम्स्टर्डममा हुनेछ । सन् २०१४ मा टेगल एरर्पोटमा उनले पहिलो पटक उक्त्त विमान देखेकी थिइन् र उनी प्रेममा परेकी थिइन् । एजेन्सीका अनुसार उनी विमानलाई मायाले ‘सात्स’ भन्ने गर्छिन् । जर्मन भाषमा सात्स भनेको मनपर्ने मान्छे हो । 

विमानलाई हेर्न उनी जतिबेला पनि विमानस्थल पुग्छिन् । विमानसङ्ग दुरी नहोस् भन्ने हेतुले उनले एउटा खेलौना विमान पनि किनेकी छिन् । उनी खेलौनासँग नै सुत्छिन् र आफूसँग राख्छिन् ।

मिशेलका अनुसार पहिले उनी एक व्यक्तिको प्रेममा थिइन् । तर उनी त्यो प्रेममा खुशी थिइनन् ।उनका अनुसार ‘सात्स नै मेरो पहिलो प्रेम हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here