कोरोना भाइरसले चीनबाहिर पहिलो पटक एक जनाको ज्यान लियो

0
277

नोवेल कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक चीनबाहिर एक जनाको ज्यान गएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार फिलिपिन्सको मनिलामा १ जनाको ज्यान गएको छ ।

 ४४ वर्षीय  ती पुरूष वुहानबाट फिलिपिन्स फर्किएका थिए।

फिलिपिन्समा अर्का एक जनालाई पनि यो भाइरस देखिएको छ।  संक्रमण रोक्न फिलिपिन्सले चीन, हङकङ र मकाउका नागरिकलाई आफ्नो देशमा भ्रमण गर्न  प्रतिबन्ध गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हालसम्म नोवेल कोरोना भाइरसको संक्रमणबाट ३०४ जनाको ज्यान गइसकेको छ । विश्वका अन्य २२ देशमा यो भाइरसको संक्रमण  देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here