हामी कता जाँदै छौँ ?

0

आज हाम्रा सामाजिक सञ्जाल अनुभव हेर्दा यस्तो लाग्छ, हामी सहभागिता होइन विचार व्यक्त गर्न, छलफल होइन आफ्नो कुरा राख्न, गहन ढंगले कुराकानी होइन बोक्रे टिप्पणी गर्न उद्यत हुन्छौँ । कहिलेकाहीँ त यस्तो लाग्छ कि यस्ता सामाजिक सञ्जालहरूको प्रयोग एकअर्कासँग कुरा गर्नभन्दा पनि एक अर्काबारे कुरा गर्न गरिन्छ ।

हामी प्रायः आफ्नै कुराहरू राख्न बढी लालायित हुन्छौँ र त्यसमा आउने लाइक, राम्रा कमेन्टले मख्ख पर्छांै । आफूसँग विचार मिल्नेसँग मात्र सूचना आदानप्रदान गर्छौं र नमिल्नेलाई कि त ब्लक गर्छौं कि त अनफलो । फेसबुकमा पनि कोही त घन्टैपिच्छे आफ्नो फोटो परिवर्तन गर्छन् र त्यसमा आउने लाइक र कमेन्टले मख्ख पर्छन् । कोही त यस्ता पनि हुन्छन् जो लाइक बढाउनकै निम्ति लाइक गर्देऊ न भन्दै मेसेज गर्छन् । कोही त खोक्रो आडम्बर देखाउन पनि यसको प्रयोग गर्छन् । कसैलाई सहयोग ग¥यो, त्यसबाट आनन्द लिनुको साटो त्यसको प्रचार गर्नै हतार हुन्छ र फेसबुकमा राखिहाल्छन् र त्यसमा आउने लाइक, कमेन्टले मख्ख पर्छन्।

आजभोलि हाम्रो सामाजिक सन्जाल का गतिबिधी हेर्दै कतै हामी गलत दिशातर्फ उन्मुख त भैरहेका छौँ कि भन्ने आभास हुन्छ । अहिले चाहिने भन्दा बढी नचाहिने कुराहरु बढी भाइरल हुन्छन् । बौद्धिक कुरा र बहस खासै रुचाइँदैन । हामी चाहिनेभन्दा पनि नचाहिने मान्छे र बहसलाई बढी प्राथमिकतामा राखेर अघी बढ्यौँ र उनीहरुलाई भाइरल बनायौँ । यसले गर्दा अरु मुख्य बिषयबस्तुहरु नै ओझेल पद्दै गए । हामी झुटा समाचार बढी पत्याउन लाज्ञौँ जसले गर्दा सत्य कुराहरु छायाँमा पर्दै गए ।

यदी यस्तै अघी बद्दै जाने हो भने हामी गलत दिशातर्फ उन्मुख भैराखेका छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here