आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रशासनले अनुमति दियो

0

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरी जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको प्रारम्भिक प्रतिवेदनका आधारमा राउतमाथि कारबाही हुने भएको हो।

जवान श्रेष्ठले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार राउतविरुद्ध उजुरी दिएकी थिइन्।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले राउत र प्रहरी जवान श्रेष्ठबीचको कुराकानीको भिडिओ र त्यसबेलाको सिसिटिभी फुटेजको प्रतिवेदन महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पठाएको छ।

उनले विमानस्थलमा प्रहरी चेकिङपछि सार्वजनिक गरेको भिडियोमा उनले बोलेका शब्दको चर्को आलोचना  भैरहेको छ । उनले ड्युटीमा रहेकी प्रहरीमाथि ‘डन्ठीनी’, ‘प्युसिनी’जस्ता शब्द प्रयोग गरेकी थिइन् । 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here