दामन घट्ना : रिसोर्टमा एसी किन नराखेको ?

0
1249

मकवानपुरको थाहा नपा–४ दामनको  एभरेष्ट पानोरमा रिसोर्टमा मंगलबार बिहान बेहोश भेटिएका आठैजना भारतीय पर्यटकको मृत्यु भएको छ।  मृत्यु भएका भारतीय नायर परिवार आफ्ना तीनजना छोराछोरीको जन्मदिन मनाउन युएईको दुबईबाट नेपाल आएको गल्फ न्यूजले  जनाएको छ ।

उक्त होटलमा सोमबार बेलुका १५ जना भारतीय पर्यटक बसेका थिए र उनीहरुमध्य मृत्यु हुने ८ जना एउटै कोठामा सुतेका थिए।  मृत्यु हुनेमा भारत केरला बस्ने ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय ईन्द्र, ३७ वर्षीय प्रबिण, ३२ वर्षीया सरिया, ५ वर्षीया अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय  बैशनव र  ९ वर्षीया बन्द्रा रहेका छन् । समाचार श्रोतका अनुसार उनीहरुले राती निकै जाडो बढेको कारण हिटर आफ्नो कोठामा लगेर बालेका थिए ।

त्यसै पनि उक्त क्षेत्र समुद्री सतहबाट करिब २५०० मिटरको उचाइमा छ र बिकराल जाडो हुने स्वभाबिक नै भयो । त्यही जाडोलाई कम गर्न उनीहरुले हिटर बालेका थिए । कोठाका सबै झ्यालढोका बन्द थिए । बिहान हेर्दा एउटै कोठामा सुतेका ८ जना अचेत अवस्थामा थिए । अक्सिजनको अभावमा उनीहरुको निसास्सिएर मृत्यु भएको हुनसक्ने मकवानपुर प्रहरीको प्रारम्भिक अनुमान छ ।

 यो क्षेत्र पर्यटकीय नगरीका रूपमा परिचित छ ।  पर्यटकहरुको आवागमन पनि बृद्दी हुन थालेको छ । यो क्षेत्रमा कात्तिकदेखि फागुनको पहिलो सातासम्म निकै चिसो हुनुका साथै चिसो सिरेटोले पनि मानिसको मन मस्तिष्कलाई एक किसिमले धक्का पुर्याउँछ ।

अब यो सबभन्दा तड्कारो प्रश्न उठ्ने भनेको – यस्तो पर्यटकिय हिसाबले पनि उद्गम थलोमा सोही अनुसार पुर्वाधारहरु किन खडा नगरेको ? जाडोमा एसी र गर्मीमा फ्यानको प्रबन्ध गर्न सकिन्थ्यो । यसले गर्दा यस्ता किसिमका घट्ना हुन रोकिन्थे । यसमा सरकारले पनि कडाइका साथ पुर्वाधार निर्माणमा जोड दिए यस्ता खालका घट्ना दोहोरिदैन थिए । यसै त हामी भ्रमण बर्ष २०२० उल्लासका साथ मनाइरहेका छौँ र उच्च पर्यटक निम्त्याउने हाम्रो लक्ष्य छ । यस्ता खालका अप्रिय घट्नाले हाम्रो त्यो लक्षलाई आघात पुर्याउन सक्छ । यसले गर्दा हाम्रो तयारी र पुर्वाधार निर्माणमा पनि प्रश्न चिन्ह खडा भएको छ । यो घट्नाबाट सबै होटेल व्यवासायीले पाठ सिक्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here