बंगलादेश डेन्टिस्ट्रीको लागि कस्तो छ त ?

0
256

नेपालमा मेडिकल साइन्स अनि डेन्टिस्ट्री सराहनीय तरिकाले उकालो लाग्ने क्रममा छ अनि यहाँ सम्म को उन्नतीमा बंगलादेशमा पढेर बनेका डाक्टर अनी डेन्टिस्टहरुको अतुलनीय योगदान रहेको छ । देशमा अहिले रहेका थुप्रै मान्य गन्य डाक्टर, डेन्टिस्टहरुले अध्ययन क्रममा बंगलादेश लाई रोजेको थुप्रै उदहारण छन् ।

डाक्टर भोला रिजाल केही समय अघि ढाका स्थित आफूले पढेको ढाका मेडिकल कलेज पुगेका थिए भने अहिले डाक्टर गोविन्द केसी बंगलादेशमा रहेका रोहिङका सेवाको लागि भनेर बंगलादेश मा रहेका छन । म आफूले नेपाल आउँदा बुझ्दा पनि प्रायः हरेक डेन्टल हस्पिटलका डाक्टर कोही न कोही बंगलादेश बाटै पास गरेको भेटे। नेपाली डेन्टिस्ट्री को मेरुदण्ड तयार पारेको श्रेय केही हद सम्म बंगलादेश लाई पनि जान्छ ।

यसर्थ, डेन्टिस्टरीमा बंगलादेशले नेपालीलाई दिएको अवसर , मौका अनि यसका नतिजा ज्यादै सकारात्मक रहेको देखिन्छ । वर्तमानमा कस्तो छ त अवस्था !! प्रायः सबै देशमा ६ वर्षीय डेन्टिस्ट्री लागू भइरहेको बेला बंगलादेशले पनि भर्खरै यो नीतिलाई लागू गरेको छ र अब पहिले ५ वर्षको कोर्स ६ वर्ष भएको छ जसमा ५ वर्ष पढाइ अनि अन्तिम एक वर्ष इन्टर्नसिप हुने छ । यो नीति अनि सिस्टम हुनुले बंगलादेशबाट पढेको डेन्टिस्ट्री को मान्यता संसार भर हुने फाइदा विद्यार्थीले पाउँछन् । कुनै बाहिरी देशमा जान खोज्ने डेन्टिस्ट लाई यसले धेरै सजिलो हुने देखिन्छ । बंगलादेशमा पढेका अनि पढ्दै गरेका नेपाली विद्यार्थीको समग्रमा हेर्दा एकेडेमिक रिजल्ट अनि नतिजा सारै सन्तोष जनक रही आएको छ ।

ढाका युनिभर्सिटीको टपर लिस्टमा नेपाली विद्यार्थी को नाम नै अगाडि आउँछ । देशबाट नजिक, पढाइ खर्च पनि नेपालको तुलनामा निकै कम अनि अन्य धेरै कुरामा नेपाल र बंगलादेशको समानता भएकाले विद्यार्थीलाई धेरै सजिलो भएको हो । डेन्टिस्ट्री क्लिनिकल गुदस्तरीयता को प्रधसनी हो । क्लिनिकल पक्ष राम्रो हुनु सारै जरुरी हुन्छ यो चिकित्सा क्षेत्रमा । बंगलादेशमा दन्त रोगी निकै धेरै छन् अनि प्रायः सवै किसिमको दन्त रोगी प्रसस्त पाइन् सकिन्छ यहाँ । त्यसैले हेर्ने सिक्ने अवसर प्रसस्त छ भन्दा गलत नहोला ।

बि . डी. एस पछि मास्टर्स अनि एफसीपीएस गर्ने सुविधा अनी राम्रो मौका नेपाली को लागि रही आहेको छ । सरकारी कोटामा अनि अहिले आएर बिस्तारै १ _२ ओटा प्राइभेट कलेजले पनि मास्टर्स को सुविधा दिन सुरु गर्ने भएका छन् । अहिले पनि धेरै नेपाली हरु यी उच्च डेन्टिस्ट्री कोर्स गर्दै छन् । मैले आफैले बुझ्दा अनि देख्दै आउँदा पनि मुख्य त ढाकामा डेन्टल सम्बन्धी हरेक महिना जस्तै ठूला ठुला सेमिनार अनी डेन्टल ट्रेनिङ सेसन हरु भइरहेकै हुन जुन नेपालमा अलिक कम भएको देख्छु । यसले, इन्टर्नसिप गरिरहेका विद्यार्थीलाई धेरै नयाँ अनी आधुनिक चिकित्सा अनि सीपको विकासमा ठूलो टेवा पुगेको म देख्दछु ।

यसरी , सरसर्ती हेर्दा बंगलादेशमा डेन्टिस्ट्री पढनु को अवसर निकै राम्रो रहेको कुरामा कसैको २ मत नहोला । कुन कुरामा अझै सुधार अनिवार्य !! पकै पनि यहाँको डेन्टिस्ट्री सवै कुराले पूर्ण छ भने पनि होइन । प्राइभेट कलेज अनी त्यहाँ अस्पतालमा रोगीको संख्या अझै चाहे जति नभएको गुनासो सुन्दै आएको छु । त्यसैले प्राइभेट कलेजमा यो एउटा सुधार्न पर्ने महत्त्व पूर्ण विषय देख्छु । कतिपय चिकित्सा प्रणाली अझै पुरानै रहेको छ यहाँ । बाहिरी देशमा दन्त चिकित्सा प्रणाली हरु को ह्वात विकास भए को छ । त्यसैले अझै पनि नयाँ अनी आधुनिक दन्त चिकित्सा प्रणाली भित्रिन बाँकी नै अनी जरुरी देख्छु म ।

अन्ततः एउटा साधारण नेपाली परिवारको छोरा छोरीले पनि पढ्न सक्ने डेन्टिस्ट्री बंगलादेशले दिँदै आएको छ । डेन्टिस्ट्री निकैनै ठूलो स्कोप बोकेको क्षेत्र हो । डेन्टिस्ट्री ले दात मुख मात्र नभएर पूरा मेडिकल साइन्स लाई छोएको छ । डेन्टिस्ट्री को डिमान्ड अनि महत्त्व दिनों बढ्दै छ । हामी सब मिलेर हाँसो छर्ने हाम्रो यो क्षेत्रलाई अगाडि लानु छ । त्यसैले , केही बुझेर केही भोगेर एउटा विद्यार्थीको नाताले डेन्टल क्षेत्र उज्जवल एउटा क्षेत्र रहेको र बंगलादेश तपाईं म अनि हामी जस्ता धेरैको सपना पूरा गर्ने राम्रो गन्तव्य रहेको कुरा खुसी साथ भन सक्छु ।

यो सब लेखी राख्दा कतै मैले देशको मेडिकल अनि डेन्टल क्षेत्रलाई अलि ओझेल मा पारेको होकी भन्ने भान चाई नहोस् । आफ्नो देश भनेको आफ्नै हो ..नेपालको मेडिकल अनि डेन्टल चिकित्सा साउथ एसियामै उत्कृष्ट छ । तपाईं मेरो अनि हामी सबको पहिलो रोजाइ आफ्नै देश नै हुनुपर्छ । सके आफ्नै देशमा पढेर आफ्नै देशको सेवा गरौं ,, नसके बाहिर पढेर आएर भएपनि आफ्नो देश अनि समाज प्रतिको दायित्वलाई पालन गरौं। जय देश , जय डेन्टिस्ट्री ।

रमन कार्की म्यान्डी डेन्टल कलेज, ढाकामा पद्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here