बिश्वको दोश्रो अग्लो बन्जी जम्प, अग्लो स्विङ र स्काइ साइक्लिङ अब चाडैँ नेपालमा, कतिको उत्साहित हुनुहुन्छ ?

0
228

बन्जी जम्प भन्नेबित्तिकै सबैको आङ सिरिङ्ग हुन्छ होला । यो एक डरलाई पनि जित्न सक्ने एउटा अद्भुत ‘एडभेन्चर’ हो । कुनै अग्लो पुलबाट मुनी डोरी लगाएर हाम फाल्नु कुनै सानो कुरा होइन । यसका लागी हिम्मत चाहिन्छ र त्यही आफ्नो हिम्मतलाई आज्माउन वा निखार्न धेरैले बन्जी गर्न खोज्छन् ।

चिनको मकाओ टावरपछिको दोश्रो अग्लो बन्जी अब नेपाल मा नै चाडैँ सन्चालन हुँदैछ । बन्जी मात्र होइन अरु साहसिक अग्लो स्विङ र स्काइ साइक्लिङ पनि एकैसाथ आफ्नो पङ्ख कालिगन्डकिमाथिको पुल बाट लाउँदैछन् । उक्त पुलले पर्वतको कुस्मा र बाग्लुङको बलेवा जोद्दछ । उक्त पुल ५२० मिटर लामो र २२४ मिटर अग्लो छ ।

क्लिफ प्राइभेट लिमिटेडले लगानी गरेको उक्त प्रोजेक्टको अर्को उत्साहजनक आयोजना भनेको स्काइ साइक्लिङ हो जसका लागी ट्र्याक पनि निर्माण भैसक्यो जुन नेपालमा नै प्रथम हो ।

यसले गर्दा पर्यटनलाई नेपाल आकर्शित गर्न ठुलो मद्दत गर्नेछ र कुस्मा एक उत्कृष्ट पर्यटन हब बन्ने निस्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here