एक जापानी अर्बपति जो चन्द्रमामा जाने गर्लफ्रेन्डको खोजीमा छन्

0
684

झट्ट सुन्दा अचम्म लाग्न सक्छ तर एक जापानी अर्बपति युसाका मेजावा चन्द्रमामा जान महिला साथी खोजिरहेका छन् ।

४४ वर्षीय व्यवसायी मेजावा ‘स्पेस एक्स’ कम्पनी मार्फत चन्द्रमामा जान लागेका हुन् । मेजावाले आफूसँगै चन्द्रमा जानका लागि महिला साथीको खोजी गरिरहेका छन् र सार्वजनिक रुपमै उनले आवेदन दिन आग्रह गरेका छन् । आफ्नो वेबसाइटमा पनि उनले उल्लेख गरेका छन् ।

मेजावाले सहयात्री हुनका लागी २० वर्ष भन्दा माथिका अविवाहित महिला हुनुपर्ने मापदण्ड निर्धारण गरेका छन् । उनले ‘जीवनको पूर्ण आनन्द लिन चाहने र विश्व शान्ति चाहने महिलाले निवेदन दिन सक्ने’ उल्लेख गरेका छन् । फोब्र्स अनुसार उनीसँग कूल २ बिलियन डलरको सम्पत्ती छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here